\
मुख्य समाचारसमाचार

स्वयम्भु नजिकै एक युवकको शव फेला

काठमाडौं । स्वयम्भु नजिकै एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार भगवान पाउ नजिकै करिब २२ वर्षीय युवकको शव भेटिएको छ ।​

प्रहरीका अनुसार भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।

ट्राफिक प्रहरीको बिट नजिकै मृत भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ ।

Leave a Reply