\
मुख्य समाचारसमाचार

जीप दुर्घटनाबाट दुई प्रहरीको मृत्यु, अन्य सात प्रहरी घाइते

काठमाडौं । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ भने सात प्रहरी घाइते छन् ।

प्रहरीका अनुसार हतियार मर्मतका लागि ओखलढुंगाबाट विराटनगरतर्फ जाँदै गरेको बा१७च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका–६, हर्कपुरमा दुर्घटना हुँदा हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशीको मृत्यु भएको हो।

घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply