\
मुख्य समाचारसमाचार

एक महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जापानको नारिता जान लागेकी एक महिला १ राउण्ड गोलीसहित पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार ली नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट जापान जान लागेकी तनहुँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपाली पक्राउ परेकी हुन् ।

उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

Leave a Reply