चिनियाँ प्रविधिको प्रयोग गर्दै मनाङमा सडक मर्मत
मनाङ । गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर–चामे सडक मर्मतको जारी छ । सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा छ ।
जिल्लामा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको उनले जानकारी दिए ।
‘अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ’ उनले भने ।