नेपाल प्रहरीमा ३१५८ जवान सहायक हवल्दारमा बढुवामा सिफारिस
काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३१५८ जना प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।
पछिल्ला केही दिनयता प्रहरी प्रधान कार्यालयले जेष्ठताको आधारमा निरन्तर बढुवा सूची प्रकाशित गर्दै आएको छ । प्रहरीमा १४५६७ जना सहायक हवल्दारको दरबन्दी कायम रहेको छ ।
यस्तै नेपाल प्रहरीका ८२० जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा ३ हजार ३८३ जना वरिष्ठ हवल्दारको दरबन्दी कायम छ ।