बराहपोखरी गाउँपालिका उपाध्यक्षका छोरासहितका समूहद्वारा वडा कार्यालय तोडफोट
खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका उपाध्यक्षका छोरासहितका केहि समूहले वडा नम्बर २ सुन्तलेको वडा कार्यालय तोडफोट गरेको छ ।
वडा नम्बर २ मकापूमा आयोजना गरिएको वडास्तरिय भलिवल प्रतियोगितामा पराजित भएपछि गाउँपालिका उपाध्यक्षका छोरा पर्वत मगरसहितका समूहले वडा कार्यालय तोडफोट गरेको एक स्थानीयले जानकारी दिए ।
माकापू खेलकुद युवा समूहले आयोजना गरिएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामामा पराजित भएपछि उनीहरुले वडा कार्यालयको भवन तोडफोट गरेको हो।
वडा कार्यालय नै तोडफोट गर्दा समेत स्थानीयहरुले मिलापत्र गर्ने तयारी गरेको एक स्थानीयले जानकारी दिए।