\
राष्ट्रिय समाचारसमाचार

घरको छतवाट खसेर एकको मृत्यु

१० वैशाख, दाङ । घरको छतवाट खसेर एक व्यवसायीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङवाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलावाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

वलीको उपचारको क्रममा सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Leave a Reply