\
मुख्य समाचारसमाचार

आजदेखि सवारी साधन अनुमतिपत्र अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले आज मंगलबारदेखि सवारी चालक अनुमतिपत्रका लागि नयाँ आवेदन बन्द गरेको छ ।

विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।

विभागका अनुसार लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

Leave a Reply