\
मुख्य समाचारसमाचार

चाँगुनारायणमा टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला

भक्तपुर । भक्तपुरमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार करिब ४० वर्षीया महिलाको शव सोमबार बेलुकी १० बजेतिर फेला परेको हो । महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply