\
मुख्य समाचारसमाचार

न्यू सुप्रिया होटेलबाट १० जुवाडे पक्राउ

दाङ । दाङको घोराहीबाट दश जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई शनिबार दिउँसो ४ बजे घोराही-१५को स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटेल एण्ड लजबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-५ का कृष्णबहादुर रावल, मानबहादुर खड्का, रमेशबहादुर कुँवर, खेमराज गिरी, काशिराम भट्टराई, भुपबहादुर केसी, युवराज केसी, गोपालबहादुर कुँवर, सरोज पुन, घनश्याम वली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट दुई लाख २१ हजार तीन सय बढी रकम बरामद भएको छ ।

Leave a Reply