\
अन्तर्राष्ट्रिय समाचारखेलकुदसमाचार

ला लिगामा एथ्लेटिको सोसियडाडसँग ३–० ले पराजित

एजेन्सी, ७ वैशाख ।  स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड रियल सोसियडाडसँग ३–० ले पराजित भएको छ ।

आफूलाई पछ्याइरहेको टिम ३ अंक जोड्न असफल भएपछि लिग लिडर बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ । रियल सोसियडाडको मैदानमा भएको खेलमा सोसियडाडलाई जिताउन हुवानमाईले दुई तथा विलियन जोसोले एक गोल गरे ।

अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । ला लिगामा अब डिपोर्टिभो ला कोरुनासँगको खेल जिते बार्सिलोनाले चार खेल अगावै उपाधि जित्नेछ ।

Leave a Reply