\
कोशी प्रदेशमुख्य समाचारसमाचार

झापामा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन ।

हिजो राती साढे ६ बजे को.९प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ-२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply