प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेपछि …
इनरुवा । ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीले झापाको दमक–५ का दिनेश सिग्देलको हत्या गरेको खुलेको छ।
प्रहरीका अनुसार सुनसरीको धरान–४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो । सिग्देलकी कान्छी श्रीमती अनिता र उनका प्रेमी सरोज पक्राउ परेका छन्।
प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४, धरान–भेडेटार सडकखण्डको जंगलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो ।