आफ्नै बुवाको हत्याको आरोपमा दुई छोरा पक्राउ
काठमाडौं । कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्रहार गरेका थिए।