\
मुख्य समाचारसमाचार

ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । रौतहटमा ट्रयाक्टरले भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply