\
समाचार

८६३ फर्म कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सात महिनाका अवधिमा ८६३ फर्मलाई जरिवाना, ८२३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको छ ।

विभागले १ चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।

अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको जनाइएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए ।

Leave a Reply