\
मुख्य समाचारसमाचार

विद्युत सर्ट भएर आगलागी हुँदा ५ लाख ४० हजारको क्षति

सर्लाही । सर्लाहीका दुई स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका-४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको हो ।

बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा ५ लाख ४० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply