\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य एक सय रुपैयाँले बढेर ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघ अनुसार चाँदीको मूल्य भने आज स्थिर छ । मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply