एकैपटक २८ जना सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
हिजो बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयवाट विभिन्न सहसचिवको सरुवा गरिएको हो । सबैभन्दा धेरै १८ जना सहसचिवको विभिन्न संघीय निकायबाट विभिन्न प्रादेशिक निकायमा सरुवा गरिएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका ६ जना सहसचिवहरुलाई पनि प्रदेशमा पठाइएको छ ।
मन्त्रालयमा अतिरिक्तमा रहेका क्रमश: बलराम निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशमा, देवेन्द्र लामिछानेलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा, प्रेमराज गिरीलाई प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
यस्तै रामहरि ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा, उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा र ईश्वर कुमार गिरीलाई पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नम्वर १ मा पठाइएको छ ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको राष्ट्रिय किताबखानाका नेत्रप्रसाद सुवेदीलाई सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका राजेन्द्र पराजुलीलाई प्रदेश प्रमुखको कार्यालय जनकपुर, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नारायण सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।
साथै अर्थ मन्त्रालयकै श्रीकृष्ण नेपाललाई श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतकै महेश आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीराम तिवारीको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
यस्तो छ हेर्नुहोस् सरुवा भएका सहसचिवको सूची