\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँचजनाको उद्धार

काठमाडौं । चन्द्रागिरिबाट बालबालिकासहित पाँचजनाको मध्येराति उद्धार गरिएको छ । प्रहरीका अनुसार चन्द्रागिरिमा हिउँ खेल्न गएका वर्ष २३ कि रिता गुरुङ, १५ वर्षकी सौभाग्य गुरुङ, १३ को सहज गुरुङ, ११ की जेनिसा गुरुङ र ७ वर्षको एरविन गुरुङको राति १ बजे उद्धार गरेको हो ।

चन्द्रागिरि नगरपालिका ६ का एकै परिवारभित्रका पाँच जना हराएको खबरपछि प्रहरीले पाँचघण्टा खोजी गरेपछि उनीहरुको उद्धार गरेको थियो ।

Leave a Reply