\
मुख्य समाचारसमाचार

गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् । सरकारले डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको भन्दै भाडा बढाउन माग गरेको छ ।

Leave a Reply