स्थगित लोक सेवाका परीक्षा फागुनमा हुने
काठमाडौं । स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ ।
लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।
तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ ।