काभ्रे प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द
बनेपा । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।
प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ।
यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो। यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ।