\
राष्ट्रिय समाचारसमाचार

जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीय अधिकारीको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट गए राति दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो ।

Leave a Reply