\
राष्ट्रिय समाचारसमाचार

सुर्नया नदीमा युवकको शव फेला

बैतडी । बैतडीको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दियो ।

प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो ।

Leave a Reply