\
मुख्य समाचारसमाचार

चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण

काठमाडौँ । चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संजाल ट्वीटरमा लेख्दै चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको जानकारी दिएकी हुन् ।

उनले चिनियाँ दूतावासले दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले यो सिरिन्जले नेपालमा जारी खोप अभियानमा योगदान गर्ने बताएकी छन् । उनले चीनले आफ्नो मित्रराष्ट्र नेपाललाई सहयोग गर्न सधैं तयार रहेको समेत बताएकी छन् ।

https://twitter.com/PRCAmbNepal/status/1484853479843635210

Leave a Reply