३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ
रौतहट । स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाललाई पक्राउ गरेको हो ।
जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।