गुण्डा नाइके विकास पुन पक्राउ
दाङ । दाङका गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । गुण्डा नाइके पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् ।
पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको प्रहरीले बतायो । पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।