\
समाचार

दुर्घटनाबाट एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जना महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान ना २ क ४३१ नम्बरको खाली टिपरले ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको प्रहरीले जानकारी दियो । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको रिमालले जानकारी दिएको छ ।

Leave a Reply