होटलमा आगो लगाएका दुईजना पक्राउ
काठमाडौं । धनगढीमाई नगरपालिका–११ मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा धनगढीमाई नगरपालिका १२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय धिरजकुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब एक लाखभन्दा बढीको नोक्सान भएको छ ।