\
राष्ट्रिय समाचारसमाचार

भारतीय नागरिकको शव फेला

वीरगञ्ज । वीरगञ्जमा भारतीय नागरिकको शव फेला परेको छ । स्रोतका अनुसार भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो ।

चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका मियाको इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह शव फेला परेको हो ।

स्रोतका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply