\
राष्ट्रिय समाचारसमाचार

घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति

हुम्ला । हुम्लाको एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे ।

Leave a Reply