\
कोशी प्रदेशदेशमुख्य समाचारसमाचार

हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार

२५ चैत, मोरङ । हिन्दु धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उहाँका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।

सुनसरीको  चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको थियो ।
श्रीमदभागवत सप्ताह लगाउनका लागि उहाँ चताराबाट विराटनगर जानुभएको थियो ।

Leave a Reply