३४ वर्षीया महिला मृत फेला
महोत्तरी । लोहारपट्टी नगरपालिकामा एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । मृत्यु हुनेमा सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुबि मण्डल रहेको स्रोतले बतायो।
स्रोतका अनुसार उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएको हो । उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।