\
समाचारहेडलाइन

रौतहट कारागारमा एक कैदी झुण्डिएको अवस्थामा फेला

रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत भेटिएका छन् । स्रोतका अनुसार देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

स्रोतका अनुसार साह २०७६ वैशाख ४ मा कारागार चलान भएका थिए। साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

Leave a Reply