\
अन्तर्राष्ट्रिय समाचारसमाचार

काश्मिरमा सुरक्षाकर्मीको कारवाहीमा ११ जना विद्रोही मारिए

एजेन्सी, २० चैत । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीको कारवाही अभियानमा ११ जना विद्रोही लडाकु मारिएका छन् । शोपियां जिल्लामा सेनाले कारवाही अभियान चलाएको हो ।

यो जिल्लाको कचडोराका झण्डै तीन हजार मानिस गाउँमा घेरबन्दी रहेका भारतीय सञ्चारमाध्यमलले जनाएका छन् । कारवाही अभियानमा तीन सैनिक र दुई जना गाउँलेको पनि ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विद्रोही लडाकु त्यो गाउँमा लुकेको सूचना आएपछि सेनाले कारवाही अभियान चलाएको बताएको छ ।

Leave a Reply