योगगुरू बाबा रामदेव काठमाडौँ आउँदै
काठमाडौँ । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली यहि मंसिर ३ गते काठमाडौं आउन लागेको हो ।
भारतीय दूतावासका अनुसार रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।