\
मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

श्वेतपत्र निराशापत्र  होइन : प्रधानमन्त्री ओली

२० चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलार्इ मंगलवार सम्बोधन गर्दै श्वेतपत्र बारे स्पष्ट गरेका छन् । उनले श्वेतपत्र वर्तमान आर्थिक स्थितिको यथार्थ चित्र भएको बताए । उनले श्वेतपत्र निराशापत्र नभएको संसदलार्इ जानकारी गराए । आग्रह पूर्वाग्रह राखेर झुठा तथ्य पेस गरिएको होइन, भने,’अर्थतन्त्र नाजुक छ भन्नुको अर्थ विकास गर्न नसकिने होइन ।’ उनले इतिहासमै यस्तो नाजुक श्वेतपत्र अब नआउने बताउँदै यो निराशापत्र नभर्इ,सँकल्पपत्र भएको जानकारी दिए ।

संघीय संसदको बैठकलार्इ सम्बोधन गर्दै मंगलवार उनले भारत हुँदै नेपालमा जलमार्ग खोल्न सकिने बताए ।

उनले भने, ‘भारतको गंगा नदी हुँदै नेपालमा सामान लिएर आउन सम्भव छ ।’ उनले नेपालमा नोट बन्दीको बिषयमा भारत भ्रमणमा कुरा उठाउने बताए । सार्क शिखर सम्मेलन गर्ने बारेमा छलफल  र यस्ता सम्मेलनले आपसी सम्बन्ध कायम राख्न सहयोग सिद्ध हुने बताए । भारतसँग उसका जायज चिन्ताका बारेमा पनि छलफल गर्ने उनले बताए ।

सम्बोधनका सुरूमा उनले सरकारले गर्ने प्राथमिकताका कार्यबारे प्रकाश पारे पनि उनले आफ्नो सम्पूर्ण भनार्इ भारत भ्रमणका बिषयमा केन्द्रित गरे ।

उनले भने, ‘हामी हाम्रा छिमेकीसँग सन्तुलित र बराबरको सम्बन्ध राख्छौँ । असमानता र अपमान बोध हुने काम गर्दैनौ । हाम्रो छिमेक नीति एकशब्दमा भन्दा मित्रता हो । संयुक्त राष्ट्रसंघको  बडापत्रका आधारमा हुन्छ सम्बन्ध ।’ उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै कानूनको राज बनाउनै बताए । उनले भने, ‘यो सरकार देश विकासको निम्ति हो र हामी एकजुट भएर विकासका काममा अघि बढ्छौं ।’

Leave a Reply