सिन्धुपाल्चोकमा १० मिनेटको फरकमा ४.६ रेक्टर स्केलका दुई परकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो १० मिनेटको फरकमा लगातार दुई वटा परकम्प गएको छ । आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो ।