मकवानपुरमा सुमो जीप दुर्घटना : २ जनाको मृत्यु, १० जना घाइते
मकवानपुर । हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी ४ जना हेटौडा अस्पतालमा, ४ जना काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र २ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।