\
राष्ट्रिय समाचारसमाचारसमाज

हात्तीलाई थापेको पासोमा परेर महिलाकाे ज्यान गयाे

१७ चैत, झापा । हात्ती भगाउन घर वरिपरी बिछ्याएको बिजुलीको नाङ्गो तारमा छुँदा शनिबार झापाको हल्दिबारीमा एक महिलाको ज्यान गएको छ ।

हल्दिबारी गाँउपालिका–३, आँपगाछी टोलकी ६० वर्षीया छबीमायाँ खड्काको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै बारीमा मकै गोड्ने क्रममा उनलाई हात र छातिमा करेन्ट लागेको प्रहरीले जनाएको छ । हात्ती भगाउन बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने गरिएको थियो ।

शनिबार बिहान लाइन काट्न बिर्सदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply