\
मुख्य समाचारसमाचारहेडलाइन

बालुवाटारमा धर्ना दिने कृष्ण पहाडीसहित ३२ मानवअधिकारकर्मी पक्राउ

१७ चैत, काठमाण्डाै । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३२ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिने एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।

Leave a Reply