\
कोशी प्रदेशमुख्य समाचारसमाचार

मोरङको कर्सियामा गोली चल्याे : १ जना घाइते, ३ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको कर्सियामा गोली चल्दा गोली लागेर १ जना घाइते भएका छन् । आज सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । घाइते व्यक्ति बैंककाे गार्ड भएकाे प्रहरीले बताएकाे छ ।

बैंक लुट्न आएकाे समूहले गाेली चलाएकाे स्थानीयले बताएका छन् । लुटपाटका लागि गाेली चलाएकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।

मोरङका प्रहरी उपरीक्षाक जनार्दन जिसीले गोली चलेको पुष्टि गर्दै गोली चलेपछि आफू घटनास्थल तर्फ जादै गरेको उनले बताए ।

Leave a Reply