\
Breakingराष्ट्रिय समाचारसमाचार

नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्छ : पूर्व युवराज्ञी हिमानी शाह

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने दावी गरेकी छन् । शाहले आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको एक सहयोग कार्यक्रममा बोल्दै प्रतिभा पलायन रोक्नुपर्ने र यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई नभएको दावी गरेकी छन् ।

नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्दै उनले यस्तो बताएकी हुन्। हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् ।

Leave a Reply