\
खेलकुदराष्ट्रिय समाचारसमाचार

सुनौलो संगम क्लब मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनलमा

१४ चैत, रूपन्देही । सुनौलो संगम क्लब मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

बुटवलको रामनगरमा भएको खेलमा एपीएफलाई टाइब्रेकरमा ३–१ ले हराउँदै सुनौलो संगम प्रतियोगिताको सेमिफाइनल पुगेको हो । निर्धारित समय २–२ गोलको बराबरी तथा थप गरिएको समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

प्रतियोगितामा बुधबार मलेसियाको हिमालय फुटबल क्लब र थ्रीस्टार क्लब खेल्नेछन् ।

Leave a Reply