आज यतिधेरै घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ ।
तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।