\
मुख्य समाचारसमाचार

ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रूक्म शमशेर राणाको निधन

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रूक्म शमशेर राणाको निधन भएको छ । बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा आज शनिबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानेको छ ।

नेपाली कांग्रेसका संस्थापक श्रद्धेय नेता सुवर्ण शमशेरका कान्छा सुपुत्र समेत रहेका राणा भारतका लागि पूर्व राजदूत रहेका थिए । उनले भारतको बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राणा नेपाली काँग्रेसको नजिक रहेका थिए । काँग्रेस सरकारका पालामा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष देखि भारतका लागि राजदूत समेत भएका थिए । उनी विगत केही समयअघिदेखि मिर्गौला, सुगर, प्रेसरले थलिएका थिए ।

रुक्म शमशेर राणा राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए । उनी दुई पटक सदस्यसचिव भएका थिए । उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

सामाजिक संजाल ट्वीटरमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राणाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रेष्ठले राणाको निधनको खबरले आफू अत्यन्त स्तब्ध भएको भन्दै राणाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राणाका ३ जना छोराहरु जेठा छोरा कनक शमशेर, माइला कञ्चन र कान्छा रुक्म रहेका हुन् ।

उमेश श्रेष्ठ ट्वीट

Leave a Reply