दार्चुला तुइन घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
आज मंगलबार साँझ समितिका संयोजक जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई १ महिना लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदनको निष्कर्षबारे केही खुलाइएको छैन ।
गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काएपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।
धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए ।
छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।
यो पनि पढ्नुहोस्
सरकारको निर्णय : जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने
दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी
दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता
महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री
दार्चुला घटनाको सत्यतथ्थ पत्ता लगाउन गृहमन्त्रीको निर्देशन
दार्चुला तुइन घटना प्रकरण : ७ दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण
महाकाली घटनाको छानविन समिति व्यास प्रस्थान
सरकारद्वारा दार्चुला घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन
एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसे नेपाली युवा