\
गण्डकी प्रदेशसमाचारहेडलाइन

नवलपुरमा पहिरोमा परी ३ जना बेपत्ता, १ जनाको उद्धार

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा ३ जना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी ३ जना बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उहाँका अनुसार पहिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ ।

पहिरामा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, ७ वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए ।

Leave a Reply