\
बागमती प्रदेशसमाचारहेडलाइन

पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभएको छ । अहिले मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ ।

Leave a Reply